ट्रेण्डिङ

होमपेज / समाज

पहाडी र हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपालगाथा २०८२ चैत्र १७ गते मंगलबार १०:१७:०७ मा प्रकाशित

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज(मंगलबार) दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग/हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश लगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top