ट्रेण्डिङ

होमपेज / समाज

मन्त्रिपरिषद्काे पहिलाे बैठकका ४ निर्णय

नेपालगाथा २०८२ चैत्र १३ गते शुक्रबार २०:०१:३५ मा प्रकाशित

काठमाडा‌ैं । नवनिर्वाचित प्रधानमन्त्री वालेन्द्र शाह मन्त्रिपरिषद्को पहिलो बैठकले २३ र २४ भदाैकाे जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे सरकारका प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिए ।  

मन्त्रिपरिषद्काे  पहिलाे बैठकले गरेका चारवटा निर्णयहरु

१. भदौ २३ र २४ गतेको जेन–जी, अहिलेसम्म भएका आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने ।

२. सरकारको प्रवक्तामा शिक्षामन्त्री सस्मित पोखरेल नियुक्त गर्ने ।

३. शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने ।

४. जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्ने । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top