ट्रेण्डिङ

होमपेज / समाज

गलत नियत राखेर कुनै काम गरेनौँ, पारदर्शिता र निष्ठालाई केन्द्रमा राख्यौँ - प्रधानमन्त्री कार्की

नेपालगाथा २०८२ चैत्र १२ गते बिहीबार २२:५३:४९ मा प्रकाशित

काठमाडौं। अन्तरिम सरकारकी प्रमुख सुशीला कार्कीले आफ्नो कार्यकाल पूरा गर्दै आज औपचारिक रूपमा बिदाइ लिएकी छन्। देशवासीका नाममा सम्बोधन गर्दै कार्कीले कठिन परिस्थितिमा सरकारको नेतृत्व सम्हालेको उल्लेख गर्दै ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरिएको बताइन् ।

फागुन २१ गते शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न भएको प्रधानमन्त्री कार्कीको भनाई थियो । निर्वाचन सफल बनाउन सुरक्षा निकाय, निर्वाचन आयोग, कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी तथा मतदाताको महत्वपूर्ण योगदान रहेको भन्दै धन्यवाद व्यक्त गरिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top