ट्रेण्डिङ

होमपेज / समाज

जापानबाट २३ जना विद्यार्थीले एसईई दिँदै

नेपालगाथा २०८२ चैत्र १० गते मंगलबार १९:०३:३५ मा प्रकाशित

काठमाडौं । यो पटकको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा जापानबाट २३ जना विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले २३ जनाले जापानबाट परीक्षा दिने जानकारी दिएको हो ।

यो वर्ष भने ५ लाख १० हजार विद्यार्थीले एसईई परीक्षा दिनेछन् । जुन संख्या अघिल्लो वर्षहरूको भन्दा कम हो । गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थीले एसईई दिएका थिए।

यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीमध्ये ६३ हजार एक्जाम्टेड रहेका छन् । एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top