होमपेज / समाज
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी र मधेश प्रदेशका केही स्थानहरूमा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ ।
आज(आईतबार) दिउँसो देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भ–भागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।
यस्तै, राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।