होमपेज / समाज
सर्लाही । सर्लाहीबाट यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ११ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।
यही चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाबाट कुल ११ हजार ३७१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाले बताएको छ । इकाईका अनुसार नियमिततर्फ १० हजार २८५ र ग्रेड वृद्धितर्फ १ हजार ८६ जना परीक्षार्थी एसइईमा सहभागी हुनेछन् । यसवर्ष सर्लाहीमा ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । विद्यार्थीलाई सहज हुने गरी पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।
प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीका लागि भने जिल्ला सदरमुकाम मलङ्गवास्थित कृष्णादेवी जनता माध्यमिक विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सर्लाहीमा प्राविधिक धारतर्फ नियमित परीक्षा दिने ३३१ जना र ग्रेड वृद्धितर्फ १६ जना परीक्षार्थी रहेको बताइएको छ ।