होमपेज / समाज
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायु मण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायु मण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ, बाँकी भू–भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज(बिहीबार) दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधरणतया बादल लाग्नेछ, बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भाग तथा मधेश प्रदेशको थोरै स्थानहरुमा , बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।
यस्तै, आज राति कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधरणतया बादल लाग्नेछ, बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।