ट्रेण्डिङ

होमपेज / समाज

पहाडी र हिमाली भू–भागमा हल्का वर्षाको सम्भावना

नेपालगाथा २०८२ फाल्गुण २६ गते मंगलबार ०९:३२:३८ मा प्रकाशित

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ र बाँकी भू–भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका एकदुई स्थानमा भने हल्का वर्षा भइरहेको छ ।

आज(मंगलबार) दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भाग तथा लुम्बिनी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।

यस्तै, आज राति गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी र हिमाली भू–भामामा साधरणतया बादल लाग्नेछ, बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा लुम्बिनी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top