होमपेज / समाज
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(सोमबार) बिहान देशका केही क्षेत्रमा वर्षा भएको छ । कोशी र बागमती प्रदेशका एकदुई स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।
पछिल्लो २४ घण्टामा तिलोत्तमामा २५ मिलिमिटर र भैरहवामा २२.२ मिलिमिटर ,पोखराको पचासेमा ६.८ मिलिमिटर, संखुवासभाको नुममा १२.८ मिलिमिटर र टासी गाउँमा ७.६ मिलिमिटर वर्षा भएको छ । यस्तै, आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भामामा साधारणतया बादल लाग्नेछ ।
त्यस्तै, दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भामामा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधरणतया बादल लाग्नेछ । बाँकी भू–भागमा भने आंशिक बादल लाग्ने भएकाे छ । गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा र कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।