होमपेज / समाज
काठमाडौं । हाल नेपालमा उपल्लो वायु मण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायु मण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ र बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।
आज(आईतबार) दिउँसो देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । देशको बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ । तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ ।
यस्तै, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भामामा साधरणतया बादल लाग्नेछ । बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा र बागमती प्रदेशको पहाडी र हिमाली भू–भाग तथा कोशी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।