ट्रेण्डिङ

होमपेज / समाज

देशभर मौसम सफा रहने

नेपालगाथा २०८२ फाल्गुण २१ गते बिहीबार १०:३९:०० मा प्रकाशित

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । 

महाशाखाका अनुसार नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । महाशाखाका अनुसार आज(बिहीबार) दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ भने दिउँसो मौसम मुख्यतया सफा रहने भएकाे छ ।

यस्तै, आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top