ट्रेण्डिङ

होमपेज / समाज

कस्तो रहला आजको मौसम ?

नेपालगाथा २०८२ फाल्गुण १९ गते मंगलबार १०:२६:३१ मा प्रकाशित

काठमाठौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा भने मौसम मूख्यतया सफा रहको छ ।

आज(मंगलबार) दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भू–भागमा भू–भागमा साधरणतया बादल लाग्नेछ। बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top