होमपेज / समाज
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि आवश्यक रकम जुटेको भन्दै सहयोग रकम रोकिदन आग्रह गरेकी छन् ।
आज(मंगलबार) साम्बाले उपचारका लागि सहयोग गर्न अपिल गरेकी छन् । तर, त्यसको २४ घण्टामै आवश्यक रकम जुटेको भन्दै उनले समर्थकहरूप्रति आभार जनाएकी छन् ।
भण्डारीका अनुसार उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्यूजिल्यान्ड डलर) संकलन भइसकेको छ। विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले थप सहयोगको प्रतिबद्धता जनाएकाले उपचार खर्च, आवास तथा यातायात व्यवस्थापन पुग्ने देखिएको भनि उनले बताइन् ।
कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।“