ट्रेण्डिङ

होमपेज / समाज

हल्का वर्षा र हिमपातको सम्भावना

नेपालगाथा २०८२ फाल्गुण १२ गते मंगलबार १०:१०:१६ मा प्रकाशित

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज(मंगलबार) दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी भू–भागमा भने आंशिक बादल लाग्नेछ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम पहाडी र हिमाली भू–भागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top