होमपेज / समाज
नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रूपमा मनाउन लागेको हो। २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात् ७४ सिट प्राप्त गरेका थिए । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए।
आजका दिन निर्वाचन आयोगको नेतृत्वमा विभिन्न कार्यक्रम र पैरवीहरू गर्दै यस दिवस मनाइन्छ ।
विशेषतः मतदाता शिक्षा र निष्पक्ष मतदानको पैरवी गर्दै आज देशेभर विभिन्न अभियान र कार्यक्रमहरू गरिन्छ ।
निर्वाचन दिवस कहिलेबाट मनाउन थालियो ?
२०७३ साल बाट निर्वाचन दिवस मनाउन थालिएको हो, वर्ष २०८१ चाहिँ निर्वाचन दिवसको नवौं संस्करण हो । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको स्मरण गर्दै यस वर्षको निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउन लागिएको हो ।