होमपेज / समाज
सुर्खेत । नेपालफ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठले फेक भएमा न्युज हुन नसक्ने र न्युज भएमा फेक हुन नसक्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको आयोजनामा सञ्चातित दुई दिने मिथ्या सूचना प्रकार, पहिचान र प्रतिकार तालिमका अवसरमा सम्पादक श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सचिव लक्ष्मी कुमार बिकले डिजिटल प्रविधिको विकास भएसँगै मिथ्या सूचनाहरु बढेकाले यसको पहिचान गरेर न्यूनीकरणतर्फ लाग्न सुझाव दिनुभयो । उहाँले अहिले चुनावको समयमा मिथ्या सूचना बढी आउने भएकाले यसको न्यूनीकरणका लागि पत्रकारहरु नै बढी सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
तालिमका सहभागीहरुले निर्वाचनको नजिकै मिथ्या सूचनाका बारेमा भएको तालिम सान्दर्भिक र महत्वपूर्ण भएको बताएका छन् ।