ट्रेण्डिङ

होमपेज / समाज

पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालगाथा २०८२ माघ २० गते मंगलबार ०९:५१:३४ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ । ती क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार आज(मंगलबार) दिउँसो देशका पहाडी र हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्ने सम्भावना रहेकाे छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम खालको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । बाँकी हिमाली भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेकाे छ ।

यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी भू–भागका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top