ट्रेण्डिङ

होमपेज / समाज

विश्व सिमसार दिवसका अवसरमा राप्ती नदीमा छाडियो घडियाल गोही

नेपालगाथा २०८२ माघ १९ गते सोमबार १८:५६:५२ मा प्रकाशित

बाँके । बाँके राष्ट्रिय निकुञ्जको आयोजनामा बाँकेको राप्ती गाउँपालिका वडा नम्बर १ कुसुम स्थित राप्ती नदीमा आज(साेमबार) विश्व सिमसार दिवसका अवसरमा ५ वटा घडियाल गोही छाडिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट घडियालका पाँचवटा बच्चालाई ल्याएर बाँकेको राप्ती नदीमा आज छाडिएको हो ।

प्रत्येक वर्ष विश्वसंसार दिवसकै अवसरमा घडियाल र मगर जातिका गोहीहरू उक्त नदीमा छाडिने गरिन्छ । बाँके राष्ट्रिय निकुञ्जका निकुञ्ज प्रमुख वीरेन्द्र कंडेलका अनुसार नदीमा छाडिएका दुई प्रजातिका गोहीको अनुगमन र संरक्षण पनि गर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top