ट्रेण्डिङ

होमपेज / समाज

पहिलो शान्तिपूर्ण सहअस्तित्व दिवस विश्वभर मनाईँदै

नेपालगाथा २०८२ माघ १४ गते बुधबार ०९:११:३६ मा प्रकाशित

काठमाडौं । आज(बुधबार) अन्तरराष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस विश्वभर मनाईँदै । संयुक्त राष्ट्रसङ्घको महासभाले गत मार्चमा हरेक वर्ष यो दिवस २८ जनवरीमा मनाउने घोषणा गरेको हो ।

विश्वव्यापी रूपमा अस्थिरता र द्वन्द्व बढ्दै गएसँगै अन्तरराष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस विविध संस्कृति, मूल्य, जीवनशैली र विश्वासप्रतिको सचेतना बढाउन, र सहिष्णुता प्रवर्धनमा शिक्षाको भूमिका उजागर गर्न आज यो दिवस पहिलोपटक विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।

धार्मिक र सांस्कृतिक विविधता तथा मानवअधिकारको सम्मानका साथै विश्वका सबै देश, अन्तरराष्ट्रिय सङ्गठन, नागरिक समाज र सञ्चारमाध्यमलाई शान्ति, समावेशिता, समझदारी र एकता प्रवद्र्धनका निम्ति यो दिवसले प्रेरित गर्ने संयुक्त राष्ट्रसङ्घको विश्वास रहेकाे छ ।

यो दिवस अन्तरराष्ट्रिय समुदायलाई राष्ट्रसङ्घ स्थापनाका उद्देश्य र सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्ने अवसर पनि हो । शान्ति केवल युद्ध नहुनु मात्र होइन; यो विविध लिङ्ग, जाति, भाषा, धर्म र संस्कृतिका बीचमा एकता एवं आत्मीयता कायम गर्दै सहअस्तित्व विकास गर्ने दिवस भएको राष्ट्रसङ्घले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top