ट्रेण्डिङ

होमपेज / समाज

अपाङ्गता भएका बालबालिकाका विद्यालयमा विस्तार भयो ई-पुस्तकालय

नेपालगाथा २०८२ माघ १३ गते मंगलबार २१:१८:४३ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका अपाङ्गता भएका बालबालिकाका लागि शिक्षामा पहुँच र सिकाइको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयस्तरमा ई-पुस्तकालय (डिजिटल लाइब्रेरी) सेवा विस्तार गरिएको छ। श्री सिद्ध बहिरा बालकको स्कुल, वीरेन्द्रनगर–८, सुर्खेत मा २०८२ साल पौष २४ देखि २७ गतेसम्म सञ्चालन गरिएको तालिम तथा अभ्यास कार्यक्रममार्फत उक्त सेवा कार्यान्वयनमा ल्याइएको हो।

डिजिटल सामग्रीमार्फत दृश्य, श्रव्य तथा अन्तरक्रियात्मक सिकाइ सम्भव हुने यस सेवाले बहिरा तथा अपाङ्गता भएका बालबालिकाको अध्ययन-अध्यापनलाई अझ सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साझा शिक्षा ई-पार्टी नेपाल(OLE) र हिमालयन परिवार म्युनखि ई.भी (जर्मनी )ले राष्ट्रिय बहिरा महासंघ नेपाल (DNFND),डायसपाेरा २०३० र जीआईजेड (GIZ) जर्मनीकाे सहयाेगमा सञ्चालित डायस्पोरा २०३० तथा GIZ समर्थित Empowering Accessible Education in Nepal परियोजनाअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमअन्तर्गत विद्यालयका शिक्षकहरूलाई ई-पुस्तकालय सञ्चालन, डिजिटल पाठ्यसामग्रीको प्रभावकारी प्रयोग तथा समावेशी शिक्षण पद्धतिबारे अभिमुखीकरण तथा तालिम प्रदान गरिएको थियो। तालिमपछि विद्यालयमा कम्प्युटर, ट्याब्लेट र प्रोजेक्टरमार्फत डिजिटल सामग्री प्रयोगमा ल्याइएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक चिन्तामणि कडेलले ई-पुस्तकालय सेवाले कर्णाली जस्तो दुर्गम क्षेत्रमा रहेका अपाङ्गता भएका बालबालिकालाई आफ्नै क्षमता र गतिअनुसार सिकाइ गर्ने अवसर प्रदान गर्नुका साथै प्रविधिमैत्री र समावेशी शिक्षाको विकासमा टेवा पुग्ने विश्वास गर्नुभयाे।

प्रतिक्रिया

सम्बन्धित खवर

Top