ट्रेण्डिङ

होमपेज / समाज

 उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का हिमपात र वर्षाको सम्भावना

नेपालगाथा २०८२ माघ १२ गते सोमबार १०:१२:३८ मा प्रकाशित

काठमाडौं । नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

बाँकी हिमाली भू–भागमा आंशिक बादल लागी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षा भैरहेको छ ।

आज(साेमबार) दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहने भएकाे छ । देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागी बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top