ट्रेण्डिङ

होमपेज / समाज

उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

नेपालगाथा २०८२ माघ ११ गते आइतबार ०८:३३:१८ मा प्रकाशित

काठमाडौं । हाल नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, लुम्बिनी, बागमती प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज(आईतबार) दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानहरूमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

यस्तै, राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top