ट्रेण्डिङ

होमपेज / समाज

हिउँले सेताम्मे कर्णाली

नेपालगाथा २०८२ माघ १० गते शनिबार ०९:१९:४३ मा प्रकाशित

जुम्ला कर्णाली हिउँले ढाकिएको छ। कर्णालीको जुम्ला, मुगु, डोल्पा, हुम्ला हिउँले ढाकिएका हुन् ।

कालिकोटका लेकाली क्षेत्रमा समेत हिउँ परेको हो । कर्णालीमा दोस्रो पटक हिउँ परेको हो । जुम्लामा आइतवार दिउँसोदेखि बादल  लागेको थियो । अत्याधिक चिसोसँगै रातिदेखि हिमपात भएको हो ।

सदरमुकाम आसपासका क्षेत्रमा भने आधा फिट हिउँ जमेको थियो । लेकाली क्षेत्रमा एक देखि डेढ फिट सम्म हिउँ परेको स्थानीय बताउँछन् । हिमपातसँगै यहाँको जनजीवन निकै कष्टकर बनेको छ । लेकाली क्षेत्रमा गाइबस्तुलाई समेत दाना खुवाउनको लागि सकस भइरहेको छ। हिमपातले कृषि बालीमा सिचाइँ गर्न सघाउ पुगेको छ ।  

हिमपातका कारण कर्णालीका जिल्ला जोड्ने सबै नाका ठप्प भएका छन् । एक जिल्ला देखि अर्को जिल्ला सम्म पुग्न समेत कठिनभइरहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top