होमपेज / समाज
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागी बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू–भागका भने थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।
आज(बिहीबार) दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहने भएकाे छ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ ।
यस्तै, राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहने भएकाे छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे छ ।