ट्रेण्डिङ

होमपेज / समाज

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु

नेपालगाथा २०८२ माघ ७ गते बुधबार ०८:३५:३० मा प्रकाशित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाे छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(बुधबार) दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेकाे छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे छ ।

तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सुका लाग्ने सम्भावना रहेकाे छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान रहेकाे छ ।

महाशाखाले हुस्सु र कुहिरोका कारण हवाइ सेवामा ढिलाइ हुनसक्ने तराईका विभिन्न विमानस्थलहरूमा दृश्यता घट्दा उडानमा अवरोध हुनसक्ने तथा लामो तथा छोटो दूरीका सवारी साधनका चालकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top