होमपेज / समाज
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा भने साधारणतया बादल लाग्नुका साथै पहाडी भू–भागमा आंशिक बादल लागेको छ । साथै, बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम भने मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज(मंगलबार) दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहने भएकाे छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा भन् मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ । यस्तै, आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहने भएकाे छ ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।