ट्रेण्डिङ

होमपेज / समाज

तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपालगाथा २०८२ माघ ५ गते सोमबार १०:००:०३ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा भने साधारणतया बादल लाग्नुका साथै पहाडी भू–भागमा आंशिक बादल लागेको छ । साथै, बाँकी हिमाली तथा पहाडी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज(साेमबार) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै, तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहने भएकाे छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने पनि महाशाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top