ट्रेण्डिङ

होमपेज / समाज

कस्ताे रहला आजकाे माैसम ?

नेपालगाथा २०८२ माघ २ गते शुक्रबार ११:२८:२८ मा प्रकाशित

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका तराई भू–भागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ ।

आज(शुक्रबार) दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएकाे छ ।

यस्तै, आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top