ट्रेण्डिङ

होमपेज / समाज

तराईमा हुस्सु, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली

नेपालगाथा २०८२ पौष २९ गते मंगलबार १०:३९:४१ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ ।

जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णालीका उच्च र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज(मंगलबार) दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, आज राति भने तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई, सडक यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top