ट्रेण्डिङ

होमपेज / समाज

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

नेपालगाथा २०८२ पौष २८ गते सोमबार १०:२०:४५ मा प्रकाशित

काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आज(साेमबार) दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहने भएकाे छ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top