होमपेज / समाज
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज(आईतबार) दिउँसो तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु र कुहिरो रहने भएकाे छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले बताएको छ ।
महाशाखाका अनुसार आज राति पनि तराईका केही स्थानमा हुस्सु कायम रहनेछ भने देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ ।
हुस्सु र कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई–सडक यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।