ट्रेण्डिङ

होमपेज / समाज

प्रादेशिक अस्पताल र स्वास्थ्य संस्थाको सेवा सुधारका लागि स्थानीय तहलाई बजेट विनियाेजन

नेपालगाथा २०८२ पौष २४ गते बिहीबार ११:१८:३९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले प्रादेशिक अस्पताल र स्वास्थ्य संस्थाको सेवा सुधारका लागि आवश्यक कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट विनियाेजन गरेकाे छ । 

जसअन्तर्गत सुर्खेतको सालकोट अस्पतालको लागि पंचपुरी नगरपालिकालाई रू१ करोड, दुल्लु अस्पतालको लागि दुल्लु नगरपालिकालाई रू १ करोड र कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई रू १ करोड विनियाेजन गर्ने निर्णय गरेकाे छ ।

यसैगरी इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणको लागि रू. साठी लाख सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय पनि गरेकाे छ ।

प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाई सुर्खेत र ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top