ट्रेण्डिङ

होमपेज / समाज

तराईमा हुस्सु, कर्णाली र सुदूरपश्चिमका भू–भागमा आंशिक बदली

नेपालगाथा २०८२ पौष २४ गते बिहीबार १०:१३:१६ मा प्रकाशित

काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(बिहिबार) देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले बताएको छ ।

यस्तै, राति तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top