ट्रेण्डिङ

होमपेज / समाज

तराईमा हुस्सु, पहाड र हिमालमा आंशिक बदली

नेपालगाथा २०८२ पौष २३ गते बुधबार १०:२१:०३ मा प्रकाशित

काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(मंगलबार) देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । महाशाखाका कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ ।

यस्तै, राति तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top