ट्रेण्डिङ

होमपेज / समाज

वीरगन्जमा बढाइयो कर्फ्युको अवधि

नेपालगाथा २०८२ पौष २२ गते मंगलबार १०:१९:४९ मा प्रकाशित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्युलाई निरन्तरता दिएको छ । आज(मंगलबार) बिहान ८ बजेसम्म रहेको कर्फ्युलाई दिउँसो १ निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कर्फ्युको समयमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने जिल्ला प्रशासनले प्रष्ट पारेको छ । वीरगञ्जको स्थिति तनावपूर्ण बनेपछि कर्फ्यु आदेश जारी गरिएको हो । 

सीडीओ भोला दाहालले एक विज्ञप्ति जारी गर्दै कर्फ्युको समय थप गरिएको जनाएका हुन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– कर्फ्युको बेलामा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र निस्कनुपर्दा सुरक्षाकर्मीसँग समन्वय वा १०० मा फोन गरी बाहिर निष्कन अनुरोध छ ।” टिकटकमा पोस्ट गरिएको एउटा भिडियोलाई लिएर मुस्लिम र हिन्दू समूहबीच वीरगन्जमा केही दिनदेखि तनाव बढ्दै गएको थियो ।

सोही तनावलाई कम गर्न स्थानीय प्रशासनले सोमबारदेखि कर्फ्यु लगाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top