ट्रेण्डिङ

होमपेज / समाज

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपालगाथा २०८२ पौष १९ गते शनिबार ०९:५४:३६ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जसकारण केही प्रदेशमा मौसम आंशिक बदली भएको छ भने तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना पनि रहेको छ ।

महाशाखाका अनुसार आज(शनिबार) दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । साथै, तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु र कुहिरो रहने भएकाे छ ।

आज राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ भने तराईका केही स्थानमा हुस्सु रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top