ट्रेण्डिङ

होमपेज / समाज

उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपालगाथा २०८२ पौष १६ गते बुधबार ०९:३०:४० मा प्रकाशित

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज(बुधबार) दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहने भएकाे छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।

यस्तै, आज राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top