ट्रेण्डिङ

होमपेज / समाज

तराईमा हुस्सु र पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली

नेपालगाथा २०८२ पौष १४ गते सोमबार ०९:५०:४७ मा प्रकाशित

काठमाडौं । आज(सोमबार) देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने भएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहने भएकाे छ ।

यसैगरी, देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम भने मुख्यतया सफा रहने भएकाे छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top