ट्रेण्डिङ

होमपेज / समाज

देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु

नेपालगाथा २०८२ पौष ११ गते शुक्रबार १०:१२:४४ मा प्रकाशित

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसकारण हाल तराई, कोशी, मधेश प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज(शुक्रबार) दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहने भएकाे छ । कोशी, मधेश र बागमती प्रदेशका तराई भू–भागमा बिहान केही समय तथा बाँकी तराई भू–भागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । यस्तै, आज राति तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहने भएकाे छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने महाशाखाले बताएको छ ।

देशका तराई भू–भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top