ट्रेण्डिङ

होमपेज / समाज

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

नेपालगाथा २०८२ पौष ८ गते मंगलबार १०:०७:५९ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(मंगलबार) देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा मौसम भने मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । राति पनि देशभर भने मौसम मुख्यतया सफा रहनेछ ।

देशका तराई भू–भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्नसक्ने महाशाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top