होमपेज / समाज
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै देशभर आंशिक बदली रहेको जनाएको छ ।
आज दिउँसो र राति देशभरको मौसम भने साधारणतया सफा रहनेछ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू–भागमा तापक्रम हल्का घट्ने सम्भावना रहेको छ । साथै, हुस्सु र कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ ।