ट्रेण्डिङ

होमपेज / समाज

विभिन्न खाले बाधा अवरोधहरू छिचोल्दै बिते इगरब्रिजका ४० वर्ष - प्रशासन प्रमुख कृष्णा न्याैपाने भूसाल

इगरब्रिज उच्च माध्यमिक विद्यालयको ४० औं वार्षिक उत्वस भव्य रुपमा सम्पन्न

नेपालगाथा २०८२ पौष ५ गते शनिबार २३:५५:०६ मा प्रकाशित

सुर्खेत । इगरब्रिज माध्यमिक विद्यालयका प्रशासन प्रमुख कृष्णा न्याैपाने भूसालले विद्यालय स्थापना कालदेखि ४०औं वसन्तसम्म आइपुग्दा विभिन्न खाले बाधा अवरोधहरू छिचोल्दै निजी क्षेत्रबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्रिय स्तरको नतिजाले गौरवशाली इतिहाँस राख्न सफल भएकाे बताउनुभयाे।

इगरब्रिज माध्यमिक विद्यालय गुणस्तरीय शिक्षाको खोजीमा रहनु भएका अभिभावक तथा विद्यार्थीहरूको पहिलो रोजाइ बनेकाे यस विद्यालयमा पूर्व प्रथमिकदेखि कक्षा १२ सम्म कक्षाहरु संचालित छन् । हाल विद्यालयमा प्लेग्रुप देखि कक्षा १२ सम्म दुइ हजार तिन सय ७० जना विद्यार्थी अध्ययन गरिरहेकाे प्रशासन प्रमुख न्याैपानेले जानकारी दिनुभयाे ।

प्रशासन प्रमुख न्याैपानेका अनुसार विद्यार्थीको संख्यात्मक भन्दा गुणात्मक वृद्धिका लागि ध्यान दिने विद्यालयले योग तथा ध्यानका कक्षाहरुका साथै विद्यार्थीहरुलाई Student quality circle को तालिम दिने गरेकाे छ ।  विद्यालयले आफ्नै खेल मैदानमा विभिन्न खेलकुद, Art Drawing कक्षा, संगीत कक्षा, व्यवस्थित Computer ल्याव, व्यवस्थित गणित ल्याब, पूर्ण सुविधा सम्पन्न Science Lab, विद्यालय नर्स सहित प्राथमिक उपचार कक्षकाे व्यवस्था गरिएकाे छ ।

यसैगरी प्रभावकारी कक्षा सञ्चालनका लागि स्मार्ट बोर्ड सहित कक्षा, व्यवस्थित लाइब्रेरी, स्वीमिङ्ग पुल, योग र ध्यानका लागि दुईवटा बुद्धहल र कैलाश हल, Food Lab, विद्यार्थीहरुमा पढाईका साथै चौतर्फी विकासका लागि सकरात्मक सोच, नेतृत्व कला र व्यक्तित्व विकासका लागि संस्कारका कक्षा दिन सेमिनार हलको व्यवस्था गरिएको छ ।

हरेक कक्षाहरुको विद्यार्थीहरुलाई अध्ययनमा सहजता र क्षमता वृद्धिका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ । हाल विद्यालय आफ्नै ३४ कठ्‌ठा जग्गामा खेल मैदान सहित निर्माण गरिएका विशाल ५ वटा भवनहरूमा संचालित छ । विद्यालयमा १०७ जना गुरु, गुरुआमा, कर्मचारी र सहयोगी कर्मचारीहरु कार्यरत हुनुहुन्छ ।

विद्यालय संचालनको एक मात्र स्रोत विलार्थीहरुको शुल्क रहेको बताउँदै प्रशासन प्रमुख न्याैपानेले विद्यार्थीहरुमा सत्य, धर्म, शान्ति, प्रेम र अहिंसा जस्ता मानवीय गुणहरु भरेर विद्यार्थीको चरित्र निर्माण गरी दक्ष र सभ्य नागरिकको जन्म दिनु यस विद्यालयको मुल उदेश्य रहेको छ । सफल विद्यार्थीका साथ असल विद्यार्थी बनाउने लक्ष्य विद्यालयले लिएको छ ।

सम्पूर्ण अभिभावक र सुर्खेतमा रहनु भएका आमा बुवा दाइ भाई दिदी बैनी सम्पूर्णमा शारिरीक स्वस्थ्य र मानसिक स्वस्थ्यको लागि नि:शुल्क योग शिविरको आयोजना गरेका छाै‌ं भने विगत ३ वर्षदेखि बिहान ५ बजे देखि ६:३० बजेसम्म दैनिक सम्पूर्णका लागि नियमित योग सेवा विद्यालयले नि:शुल्क दिईरहेको छ ।

सुविधा सम्पन्न पूर्वाधार, दक्ष गुरु, गुरुआमाको टीम, विज्ञ र जिम्मेवार अभिभावकहरु तथा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुको कारण विद्यालय आजको अवस्थासम्म आई पुगेको बताउँदै प्रशासन प्रमुख न्याैपानेले अभिभावकहरुको विश्वास नै विद्यालयका  लागि सबैभन्दा ठुलो शक्ति र जिम्मेवारी भएकाे बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top