ट्रेण्डिङ

होमपेज / समाज

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने

नेपालगाथा २०८२ पौष ४ गते शुक्रबार १०:१३:०८ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(शुक्रबार) लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज अन्य भू–भागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले बताएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ ।

यस्तै, महाशाखाका अनुसार आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top