होमपेज / समाज
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाइने बताएका छन् । उनले सरकारसँग बैठक बोलाउने विषयमा असहमति नरहेको बताउँदै पुस १२ भित्र बैठक बोलाउने बताए ।
संघीय संसदअन्तर्गतको समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले आवश्यक भौतिक पूर्वाधारको काम सकिनासाथ बैठक बोलाउने तयारी रहेको बताएका छन् । तर उनले राष्ट्रिय सभामा छलफलका लागि पर्याप्त बिजनेस भने नभएको स्वीकार गरेका छन् ।
हाल केही विधेयक र आयोगका प्रतिवेदनबाहेक अन्य एजेन्डा नदेखिएकाले बैठक सञ्चालन चुनौतीपूर्ण हुने उनको भनाइ रहेकाे छ ।