ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा पश्चिम वायुको आंशिक प्रभाव

नेपालगाथा २०८२ पौष १ गते मंगलबार १०:०४:०९ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(मंगलबार) हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ ।

जसका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ । यस्तै, महाशाखाका अनुसार आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top