ट्रेण्डिङ

होमपेज / समाज

कस्तो रहला आजको मौसम ?

नेपालगाथा २०८२ मंसिर २४ गते बुधबार १०:३४:५६ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेकाे छैन ।

आज(बुधबार) दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा भने मौसम मुख्यतया सफा रहनेछ । महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ । काठमाडौं उपत्यकाको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top