ट्रेण्डिङ

होमपेज / समाज

देशभरको मौसम मुख्यतया सफा रहने

नेपालगाथा २०८२ मंसिर १७ गते बुधबार ०९:४८:५६ मा प्रकाशित

काठमाडौं । देशभरको मौसम आज(बुधबार) मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ ।

आज दिउँसो देशको हिमाली भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले बताएकाे छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम मुख्यतया सफा रहने भएको हो ।

विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top