ट्रेण्डिङ

होमपेज / समाज

कस्तो रहला आजको मौसम ?

नेपालगाथा २०८२ मंसिर १६ गते मंगलबार १०:१७:४७ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

महाशाखाले आज(मंगलबार) दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा भने मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ ।

आज राति भने देशभर मौसम सफा रहने भएकाे छ ।

काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top