ट्रेण्डिङ

होमपेज / समाज

देशभरको मौसम सफा रहने

नेपालगाथा २०८२ मंसिर १२ गते शुक्रबार ०९:२१:१८ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको बताएकाे छ ।

महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ । आज(शुक्रबार) दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ ।

आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top