ट्रेण्डिङ

होमपेज / समाज

देशभरको मौसम कस्तो रहला ?

नेपालगाथा २०८२ मंसिर ९ गते मंगलबार १०:५७:३६ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(मंगलबार) हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।

महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशका थोरै भू–भागमा हुस्सु तथा तुवाँलो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top